जवाफ तपाईंको जानकारीबाट
सामान, साइज, मूल्य र नियम तपाईंको क्याटलग वा प्राइस लिस्टबाट आउँछ। कुरा पक्का नभए Jimmaa ले तपाईंलाई छोड्छ, अड्कल गर्दैन।
नेपाली सामाजिक पसलका लागि
Jimmaa ले तपाईंको सामान र मूल्य बुझ्छ, जवाफ तयार गर्छ, अर्डर लेख्छ र डेलिभरीसम्म हिसाब राख्छ। ग्राहकलाई के पठाउने, अन्तिम निर्णय तपाईंको।

जवाफपछि पनि काम बाँकी हुन्छ
स्टक हेर्नु, अर्डर पक्का गर्नु, डेलिभरी मिलाउनु र कसले के किनेको थियो सम्झनु — वास्तविक काम यही हो। Jimmaa ले यो काम कुराकानीसँगै राख्छ।
सामान, साइज, मूल्य र नियम तपाईंको क्याटलग वा प्राइस लिस्टबाट आउँछ। कुरा पक्का नभए Jimmaa ले तपाईंलाई छोड्छ, अड्कल गर्दैन।
ग्राहकले ‘बुक गर्नुहोस्’ भनेपछि अर्डर, COD रकम, छुट्याइएको स्टक र कुरियरको अवस्था एउटै ग्राहकसँग जोडिन्छ।
सुरुमा हरेक जवाफ तपाईंले स्वीकृत गर्नुहुन्छ। विश्वास लागेका जवाफ मात्र पछि स्वचालित गर्न सक्नुहुन्छ।
कसरी काम गर्छ
दोहोरिने काम Jimmaa ले गर्छ। निर्णय तपाईंले गर्नुहुन्छ।
Instagram, TikTok, Messenger वा WhatsApp बाट — DM वा कमेन्ट।
तपाईंले दिएको स्टक, मूल्य र नियमका आधारमा जवाफ।
हेर्नुहोस्, सच्याउनुहोस् वा स्वीकृत गर्नुहोस्। सुरक्षित जवाफ पछि स्वचालित गर्न सकिन्छ।
ग्राहक, सामान, COD, स्टक र डेलिभरीको अवस्था एउटै ठाउँमा रहन्छ।
Jimmaa भित्र
यी नमुना ग्राहक विवरण प्रयोग गरिएका वास्तविक Jimmaa स्क्रिन हुन् — सन्दर्भसहित जवाफ दिन, च्याटबाट भेटिएको अर्डर जाँच्न र ग्राहकको पुरानो जानकारी अर्को कुराकानीसम्म राख्न।
कुराकानी
मेसेज, तयार जवाफ, क्याटलग र ग्राहक विवरण एउटै स्क्रिनमा रहन्छ।
पूरा स्क्रिन खोल्नुहोस्

कुराकानीबाट अर्डर
Jimmaa ले च्याटबाट सामान, साइज, ठेगाना, फोन र भुक्तानीको जानकारी निकालेर तपाईंलाई पुष्टि गर्न दिन्छ।
पूरा स्क्रिन खोल्नुहोस्

ग्राहकको सम्झना
अर्डर, खुला काम, सम्पर्क विवरण र follow-up ग्राहकसँगै जोडिएको रहन्छ।
पूरा स्क्रिन खोल्नुहोस्

ग्राहक विवरण नमुना हुन्।
पसलको वास्तविक दिनका लागि


मूल्य
हरेक प्लानमा इनबक्स, क्याटलग, ग्राहक विवरण र अर्डर व्यवस्थापन छ। सशुल्क प्लानले थप जवाफ क्षमता दिन्छ। सिटको छुट्टै शुल्क छैन र बिक्रीको प्रतिशत लिइँदैन।
निःशुल्क
रु २,९९९/ महिना
रु ७,९९९/ महिना
हामी तपाईंको च्यानल जोड्न र सामान ल्याउन मद्दत गर्छौँ। वास्तविक जवाफ जानुअघि परीक्षण ग्राहकसँग अभ्यास गर्न सक्नुहुन्छ।
सेटअप सुरु गर्नुहोस्मूल्य नेपाली रुपैयाँमा बिल गरिन्छ। तेस्रो पक्षको मेसेजिङ शुल्क जति लाग्छ त्यति मात्र लिइन्छ; थप रकम जोडिँदैन।
तपाईंको नियन्त्रण
गलत मूल्य वा स्टकको वाचा ढिलो जवाफभन्दा महँगो पर्छ। हरेक नयाँ पसल स्वीकृति मोडबाट सुरु हुन्छ। पैसा, स्टक वा पक्का नभएको प्रश्न सधैँ मान्छेका लागि रोक्न सकिन्छ।
Jimmaa Studio
कन्टेन्ट योजना बनाउनुहोस्, क्लाइन्टले दिएको अधिकारअनुसार प्रकाशित गर्नुहोस्, नतिजा हेर्नुहोस् र काम स्पष्ट रूपमा फिर्ता दिनुहोस्। प्रत्येक व्यवसायले एजेन्सीले के हेर्न र गर्न पाउने आफैँ छान्छ।
एजेन्सी खाता बनाउँदा कुनै क्लाइन्ट डेटा खुल्दैन। क्लाइन्टले आफ्नै Jimmaa बाट पहुँच दिनुपर्छ।
एउटा पसलबाट सुरु गर्नुहोस्
पसलको लिंक राख्नुहोस् वा प्राइस लिस्ट अपलोड गर्नुहोस्। हामी सामान जाँच्न र पहिलो जवाफ अभ्यास गर्न मद्दत गर्छौँ।
Jimmaa नेपालमा दर्ता भएको Lamp Solutions Private Limited को उत्पादन हो।